सिन्धुपाल्चोक – लकडाउनको समयमा मोटरसाइकल चलाई प्रहरीमाथि ढुङ्गा समेत प्रहार गरेको अभियोगमा २ जना क्रिाउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले मंगलबार बिहान पाँचपोखरी गाउँपालिका–४ बस्ने २८ वर्षीय आकाश तामाङ र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियारलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार लकडाउनको समयमा मोटरसाइकल चलाएकोले सम्झाई बुझाई गर्ने क्रममा आकाशले अचानक प्रहरीलाई ढुंङ्गा प्रहार गरेका थिए । ढुङ्गा लागेर घाइते भएका प्रहरी चौकी मानेखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षकको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।