काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।  बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो ।


ADVERTISEMENT


बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक-एक जना रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


योसँगै प्रदेश एकमा मात्रै संक्रमितको संख्या ७६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन्

नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ ।