काठमाडौं- पाकिस्तानमा पछिल्ला केही दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । अधिकारीहरूले संक्रमण फैलिने क्रम वृद्धि भएसँगै आगामी दिनमा थप संकट उत्पन्न हुने चेतावनी दिइसकेका छन् । पाकिस्तानी स्वास्थ्य मन्त्रालयअनुसार गएको २४ घण्टामा १ हजार ९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण पाकिस्तानकी एक विधायकको बुधबार मृत्यु भएको छ । सत्तारूढ दल पाकिस्तान तेहरिके इन्साफ पार्टीकी एक नेतृको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणबाट तहरिक–ए–इन्साफ पार्टीकी ६५ वर्षीया नेतृ शाहिन राजाको मृत्यु भएको हो । उनी पार्टीकी वरिष्ठ सदस्य तथा पञ्जाब प्रान्तीय सभाकी विधायिका हुन् ।एजेन्सी


ADVERTISEMENT

# # #