सोल — कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको दक्षिण कोरियाको माध्यमिक तहको अध्ययन/अध्यापन सुचारु भएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू बुधबारदेखि विद्यालयमै गएर अध्ययन गर्न थालेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT


विश्वभरि पठनपाठन अवरुद्ध भइरहेका बेला दक्षिण कोरियाले भने सुरक्षाका उपायसहित शैक्षिक संस्थाहरू पुन: सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


अधिकारीहरूका अनुसार शिक्षालयमा प्रवेश गर्नुअघि शिक्षक तथा विद्यार्थीहरूको तापक्रम मापन गर्न थालिएको, मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको र अन्य आधारभूत स्वास्थ्य सतर्कताहरू अपनाइएको जनाएका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक संस्थाहरू लामो समयदेखि बन्द थिए । तर नयाँ शैक्षिक सत्र शुरु गर्ने समय गुज्रिसकेकाकाले साधानीसहित कक्षा सञ्चालन गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइपछि पठनपाठन सुरु गरिएको हो ।