नयाँदिल्ली –   भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ । भारतमा गएको चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् ।


ADVERTISEMENT

# # #