काठमाडौँ — सरकारको गुप्तचर निकायलाई व्यक्तिको ‘फोन ट्यापिङ’ लगायतका इन्टरसेप्सनको अधिकारसहित राष्ट्रिय सभाले नेपाल विशेष सेवा विधेयक पारित गरेको छ । सरकारले गुप्तचर निकायलाई शक्तिसम्पन्न बनाउन त्यस्तो अधिकारसहितको विधेयक दर्ता गराएको थियो ।


ADVERTISEMENT


विपक्षी कांग्रेस तथा नागरिकस्तरबाट त्यस्तो प्रावधानको दुरुपयोग हुन सक्ने भन्दै त्यसको विरोध गरेका थिए । तर बुधबार कांग्रेसको समेत समर्थनमा उक्त प्रावधानसहितको विधेयक पारित भएको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन वा इन्टरसेप्सनको अधिकार गुप्तचर निकायलाई दिइएको छ । सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी विषयवस्तु प्राप्त गर्ने कामलाई ‘इन्टरसेप्सन’ भनिएको छ । त्यस अधिकारले अदालतको आदेशबिनै गुप्तचर निकायलाई नागरिकको टेलिफोन र इन्टरनेट गतिविधिको विवरण संकलन गर्न पाउनेछन् । विधेयक प्रतिनिधिसभाबाट पारित हुन भने बाँकी छ ।