न्यु-यार्क, अमेरिकास् गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि: शुल्क तरकारी(टमाटर) वितरण कार्यक्रम मेई २०, २०२०, बुधवार भव्यता का साथ सम्पन्न गरेको छ। सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइन सँग सहकार्य गरी नि: शुल्क वितरण गरिएको हो।


ADVERTISEMENT


वहाँ ले यसै फाउण्डेशन लाई ३० बक्स टमाटर (प्रतेक बक्समा २५ पाउण्ड टमाटर) सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र लगभग नेपाली लगाएत प्राय सबै समुदायका मानिस हरु गरी १५० जनालाई वितरण गरिएको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।फाउण्डेशन कै कार्यालय अगाडी बाट लाईन अनुसार सामाजिक दुरी मा क्रमशस् वितरण गरिएको थियो।
युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई लाई यसै फाउण्डेशनका अध्यक्ष घिमिरेले २ बक्स टमाटर (लगभग ५० पाउण्ड) हस्तान्तरण गर्नु भयो।


ADVERTISEMENT

# # #


फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, यु।एन।आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा हुनुहुन्थीयो।
यसै कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका की कोशाध्यक्ष ब्रेन्दा राई, नेपाली कांग्रेस का नेता राम बा. के.सि., नेवि सघंका पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा लगायत हरुको पनि उपस्थिति रहेको थियो।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइन लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।