काठमाडौँ– आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थलको आज टुंगो लाग्ने भएको छ ।


ADVERTISEMENT


सरकारले २ नम्बर प्रदेशका ८ जिल्लामा १० वटा स्थानीय तह थप गरेपछि ती स्थानीय तहमा समेत आयोगले मतदान केन्द्र र मतदान स्थलको व्यवस्था गरेको हो । मतदातालाई पायक पर्ने गरी मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले बताए ।


ADVERTISEMENT

# # #


यद्यपि कति संख्यामा मतदान केन्द्र रहने भन्ने आज अपरान्ह मात्र यकिन हुने शर्माले बताए । स्थानीय स्तरमा राजनीतिक दलहरुको असहयोगका कारण बारा र पर्सा बाहेकका ६ जिल्लामा मतदान केन्द्रको बिषय विवादित बनेको थियो । आयोगले स्थानीय राजनीतिक दल तथा सरोकारवालासंग छलफल गरी मतदान केन्द्रको टुंगो लगाएको हो ।

दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा १९ दिनपछि असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ ।