न्यु-जर्सी, अमेरिकास् कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने ,सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार इम्यूनिटीु अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरूको भनाइलाई सम्मान गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क खाध्धन्न वितरण कार्यक्रम मई २१, २०२० बिहिवार बेलुका न्यु-जर्सी राज्यमा गरेका थिए।
न्युजर्सीको जर्सी सिटी निवासी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाकी सह-कोषाध्यक्ष पुनम राना मल्लको अगुवाइ मा खाद्य सामग्री वितरण कार्यक्रम भव्यता का साथ सम्पन्न भयो।


ADVERTISEMENT



गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको संयोजनमा न्यु-योर्क लाईफ ईन्सुरेन्स का जीवन बीमा उत्पादक-(एजेन्ट) भेष राज खत्रीको समन्वय र दीपक खुनाले उपलब्ध गर्नु भएको र देब शंकर जी र एन आर एन न्यूजर्सी च्यापटरका सचिव कृष्ण सुवेदि र सदस्य सुर्य तिवारी को सहयोगमा आज न्यूजर्सीको कार्डवेल युनिभर्सिटीको १०० जना भन्दा बढी बिद्यार्थीहरु लाई समन्वय गर्नु हुने न्यूजर्सीको सामाजिक अभियन्ता बिष्णु माया परीयार, नेजससअ का महासचिव महेश मल्ल र यसै फाउण्डेशन कि सह-कोषाध्यक्ष पुनम राना मल्लको सहकार्य मा ११५ बक्स ताजा तरकारी सलादहरु वितरण गरेका थिए ।


ADVERTISEMENT

# # #