काठमाडौँ – सुर्खेतका ३ जनामा कोरोना भाइरस (कोभिभड–१९)संक्रमण देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुको ठेगाना र उमेर सहितको विवरण केही बेरमा प्राप्त हुने प्रवक्ता डा. देवकोटा बताए ।


ADVERTISEMENT

# # #


यससंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । यसअघि दैलेखका १ जना युवकमा कोरोना पुष्टि भएको थियो ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

सम्बन्धित समाचार
थप ३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८१ पुग्यो

यससंगै नेपालमा संक्रमितको संंख्या ५८४ पुगेको छ । जसमध्ये पुरुषहरु ५०५ र महिला ७९ जना रहेको प्रवक्ता डा. देवकोटाले बताए । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

७० जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।