काठमाडौं –  डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ ।


ADVERTISEMENT


काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


घटनामा जबरजस्तीकरणी सम्बन्धी कसूरका शमशेर तामाङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

हाल तामाङलाई वीर हस्पिटल लगिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।