काबुल — अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


तालिवान विद्रोहीले युद्धविरामको अवधिमा आफ्नो पक्षबाट कुनै पनि हिंसात्मक घटना नहुने बताएको छ । अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा युद्धविराम गर्ने निर्णयको स्वागत गरेको छ ।