काठमाडौं – प्रतिनिधि सभा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमणले प्रतिकुल रहेको समयमा सतर्क भएर ईदुल फित्र मनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले इस्लाम धर्मावलम्बीहरुको ईदुल फित्र (ईद) पर्वका अवसरमा शुभकामना दिँदै कोरोना भाइरसको संक्रमणले प्रतिकुल रहेको समयमा पर्याप्त सतर्कता अनाउँदै ईदुल फित्र मनाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


“यो वर्ष नोभल कोरोना भाइरसका कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु,” उनले भनेका छन् ।