काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । अपरान्ह ५ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिने छ । प्रधानमन्त्रीको सम्बोधन अघि मन्त्रीपरिषद्को बैठक बस्दैछ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सम्बोधनमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भएका सरकारी प्रयास र आगामी रणनीतिबारे धारणा राख्ने छन् । यस्तै भारतसँगको सीमा विवादका विषयमा पनि उनले बोल्ने विश्वास गरिएको छ ।

पछिल्लो समय अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरेका थिए । नयाँ नक्साअनुसार देशको निशान छाप बनाउनका लागि सरकारले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

प्रतिनिधिसभाको बैठक मंगलबार नै बस्दैछ ।