काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन्।


ADVERTISEMENT


शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल सरकार र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुुझाएपछि सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

रासस