काठमाडौँ –सरकारले पाँच हजार सङ्क्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा भोगेन्द्रराज डोटेले पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिए ।


ADVERTISEMENT


उनले शुरुमा एक हजार ५०० सङ्क्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि सङ्क्रमित सङ्ख्या दिनहुँ बढेकाले पाँच हजार सङ्क्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताए । उनका अनुसार सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ ।


ADVERTISEMENT

# # #


उनले हालसम्म एक लाख भिटिएम प्राप्त गरेको र ती भिटिएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको जानकारी दिए । दुई लाख पाँच हजार भिटिएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

विभागले पिसिआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ । उनले थप एक लाख ७५ हजार पिसिआर किट खरिद प्रक्रिया अगाडि बढाएको बताए ।

यसैगरी एक लाख ७५ हजार आरडिटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए। एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) मा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ ।

यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उनले बताए । उनका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ । अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको महाशाखाका निर्देशक डोटेलले जानकारी दिए ।