२० बर्ष मुनीका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका २ क्रिकेटर परेका छन् । युएईको मिडिया द नेशनलले सार्बजनिक गरेको उत्कृष्ट २० युवा क्रिकेटरको सूचीमा नेपालका सन्दिप लामिछाने र कुशल मल्ल अटाएका हुन् । अधिकांश टेष्ट राष्ट्रका खेलाडीको बाहुल्यता रहेको सुचीमा एसोसिएटतर्फ नेपाल, नेदरल्याण्डस र युएईका खेलाडी अटाएका हुन् ।


ADVERTISEMENT


सुचीमा सबैभन्दा बढि भारतका ४ क्रिकेटर छन् । भारतका यस् हाबी जैसवाल, रभी बिस्नोई, कार्तिक त्यागी र प्रियम गर्ग सूचीमा रहँदा पाकिस्तन र बंगलादेशका समान ३–३ खेलाडी अटाएका छन् । बंगलादेशका अकबर अली, सोरिफुल ईस्लाम र राकिबुल हसन छन् । पाकिस्तानका निषम शाह, हैदर अली र राहिल नाजिर सुचीमा परेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल र अफगानिस्तानका समान २ खेलाडी रहेको सो सूचीमा वेष्ट ईण्डिज, अष्ट्रेलिया, युएई, ईङल्याण्ड, स्कटल्याण्ड र साउथ अफ्रिकाका एकएक जना युवा खेलाडीले स्थान बनाएका छन् ।