काठमाडौँ – संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार संघीयय संसद्को प्रतीक (लोगो) परिवर्तन गरिएको हो ।


ADVERTISEMENT


सरकारले लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा अद्यावधिक गर्नका लागि लोगो परिवर्तन गरिएको हो । नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ ।


ADVERTISEMENT

# # #


अब संघीय संसदका सदस्यले प्रयोग गर्ने प्रतीक पनि नयाँ लोगो अनुसार हुनेछ ।

सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ ।

यस्तो थियो संसदको पूरानो लोगो