काठमाडौँ– असोज २ का लागि तय भएको दुई नम्वर प्रदेशका लागि तराई–मधेश केन्द्रित चुनावी तयारीमा लागिको माओवादी केन्द्रले वीरगन्जमा पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैठक भदौ १७ गतेका लागि बोलाइएको छ ।


ADVERTISEMENT


भदौ ११ गते माओवादी केन्द्रले ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति विघटन गर्दे केन्द्रीय सचिवालयलाई कार्यकारी बनाएको थियो । जम्मो केन्द्रीय समिति, पोलिटव्यूरो र सचिवालयबा कुनै पनि निर्णय लिन कठिन भएको भन्दै पहिला ‘हेडक्वाटर’ नाम दिएको केन्द्रीय कार्यलय समिति बनाइएको थियो । तर, एकता प्रक्रियामा आएका सवैलाई यसमा समेटन नसकिने भएपछि माओवादीले केन्द्रीय सचिवालयलाई कार्यकारी अधिकार दिएको हो ।


ADVERTISEMENT

# # #


केन्द्रीय सचिवालयले कार्यकारी अधिकार पाएपछि बस्न थालेको यो पहिलो वैठक हो । वैठकमा दुई नम्वर प्रदशेको स्थानीय तहको चुनावका साथै प्रदेश र संघीय चुनावी तयारीका विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्ष प्रचण्डले भदौ १२ गतेदेखि तराई–मधेशको चुनावी प्रचारमा छन् । उनी दुई नम्वर प्रदेशका विभिन्न जिल्लामा चुनावी कार्यक्रममा सहभागी भएका छन् । उनी १७ गतेको केन्द्रीय सचिवालयको वैठक सकेर १८ गते मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव प्रकाश दाहालले बताए ।

माओवादीले दुई नम्वर प्रदेशको स्थानीय चुनावमा आफुलाई पहिलो पार्टी बनाउने दावी गरेको छ ।