काठमाडौँ– सार्वाधिक रुचाइएको गायन रियालिटी शो नेपाल आइडलको उत्कृष्ट चारको छनोट भइसक्दा विशेष जाती, क्षेत्र वा समुदायलाई आधार मानेर भोट गर्नेे वा माग्ने प्रवृत्ति मौलाएको छ ।


ADVERTISEMENT


जातीयता र क्षेत्रियतालाई आधार मानेर भोट माग्ने प्रणालीले नेपाल आइडल कुनै जाती वा क्षेत्र विशेषको प्रतियोगिता बन्ने पो हो कि भनेर यतिबेला सामाजिक सञ्जालमा चर्चा परिचर्चा चल्न थालेको छ ।


ADVERTISEMENT

# # #


तर जे होस् यस बिषयमा नेपाल आइडलले मुख खोलेको छ । आफु वा आफ्नो मान्छे छानिँदा ठिक र अर्को छनोट हुँदा बेठिक भनी दुष्प्रचार नगर्न आग्रह गर्दै नेपाल आइडलले त्यसो गरेमा प्रतिस्पर्धीको दाबेदारी समेत खारेज गर्ने सम्मको चेतावनी दएको छ ।

नेपाल आइडलले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘नेपाल आइडल एक अन्तराष्ट्रिय शो हो, यसको आफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, आफु पर्दा बेठीक र आफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक, अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै आईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियोगि वा प्रतियोगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दाबेदारी खारेज हुनसक्छ ।’

नेपाल आइडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्च्याउन आइडलले अनुरोध गरेको छ । कसैको सनक वा अरण्ड्य रोदनको भरमा नेपालका लागि भनेर यसको फरमेट र तोकेको नियम परिवर्तन गर्न नसकिने भन्दै आइडलले शो लाई विवादित बनाउँदै जाँदा प्रतियोगिलाई असर परेमा पीडाको भागीदार को बन्ने ? भनि प्रश्न गरेको छ ।

नेपाल आइडलमा कुनै जाती वा समुदायका आधारमा नभई राम्रो प्रतियोगीलाई छनोट गर्न नेपाल आइडलले आग्रह गरेको छ । बिहीबार उत्कृष्ट तीनका लागि प्रतिस्पर्धा हुँदैछ ।