काठमाडौँ – नेपालमा थप ९० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये महोत्तरी मनहरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय २ जना पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय २ जना पुरुष, बारा परचौटा–१ को पिपरपती माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय ३ जना पुरुषहरु, रौतहट गौर नगरपालिकाका ४ देखि ४० वर्षसम्मका ७ जना पुरुष र १ महिला गरी ८ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ । राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा पोजेटिभ देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना देखिएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा वालिङ–७ का २० र २९ वर्षी दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना देखिएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षसम्मका ७ जना पुरुष र १ जना महिला रहेका छन् । यस्तै भेरिगंगाका १६ र १७ वर्षका पुरुष रहेका छन् भने सिम्दाका ३५ र ४९ वर्षका २ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा संक्रमितको संंख्या ७७२ पुगेको छ । कुल संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीय पुरुष रहेका छन् ।

१५५ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।