कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । प्रत्यक्षदर्शीका अनुसार शौचालय सफा गर्ने क्रममा राना एक्कासि कामी ढलेका थिए । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #