काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग कोरोना (कोभिड–१९) रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफल गरेका छन् ,


ADVERTISEMENT


उनले मन्त्रालयबाटै भिडियो कन्फरेन्समार्फत प्रदेशमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा कोभिड–१९ नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा उनले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरेको मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागि रहेका थिए ।

अहिलेसम्म नेपालमा ७७२ जना कोभिड–१९ को संक्रमण देखिएको छ भने चार जनाको कोभिड १९ को कारणले मृत्यु भइसकेको छ ।