काठमाडौ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्री भगवती चौधरीले रुकुमको दलित केटाहरुको घटना एकाईशौं सताब्दीमा बर्बर घटना हो।यसको सबतन्त्र छानबिन गरी सडक देखि -सदन सम्म कुरा उठेको बताइन ।
घटनाको दोसीलाई कार्यवाही गरिनु पर्दछ । सरकारले छुवाछुत प्रथाको अन्त्य गरेको धेरै दशक भैसके पनि आजसम्म यसले कलंकका रुपमा समाजमा जरा गाडेर बस्नु दुखद् भएको जनाइन्।
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो।
गहिरो माया बसेका उनीहरूले विवाह बन्धनमा बाँधिने निर्णय गरेकैले केटी पक्षले दलित भएकै निहुँमा कुटेर हत्या गर्नु निन्दनीय भएको नेतृ चौधरीले बताइन।
बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो।
गाउँलेहरूको कुटाइबाट नवराजसँगै अर्को एक जनाको मृत्यु भएको हुनु र ४ जना वेपत्ता पारिएको घटना वर्वर र आपत्ति जनक रहेको नेतृ चौधरीले बताइन्। निश्चपक्ष छानवीन गरि दोषीमाथी कडा कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।


ADVERTISEMENT