काठमाडौँ– वेस्ट इन्डिजले मंगलबार राति इंग्ल्यान्डमाथि दोस्रो टेस्टमा ऐतिहासिक जित निकालेको छ । वेस्ट इन्डिज इंग्लिस भूमिमा टेस्ट जित्न सफल भएको यो १७ वर्षयता पहिलो पल्ट हो ।


ADVERTISEMENT


रोमाञ्चक पाँच विकेटको जित निकाल्ने क्रममा वेस्ट इन्डिजले सफलतापूर्वक ३ सय २२ रन पछ्याएको हो । त्यसक्रममा वेस्ट इन्डिज ब्याट्सम्यान साइ होप दुवै इनिङ्समा शतक बनाउन सफल रहे ।


ADVERTISEMENT

# # #


टेस्टमा इंग्ल्यान्डले आफ्ना दुई इनिङ्समा २ सय ५८ र आठ विकेट गुमाएर ४ सय ९० रन बनाएको थियो । यसअघि वेस्ट इन्डिजले ४ सय २७ रन जोडेको थियो ।