एजेन्सी – मध्य अमेरिकी देश कोस्टारिकामा वैवाहिक समानता सम्बन्धी कानून कार्यान्वनमा आएको छ । कानून कार्यान्वयनमा आएसँगै पहिलोपटक समलिंगी विवाह समेत भएको छ । महिला समलिंगी जोडीले कानून कार्यान्वयनमा आए लगत्तै विवाह गरेका हुन् ।


ADVERTISEMENT


 

सो विवाह समारोह राष्ट्रिय टेलिभिजनमा समेत प्रशारण गरिएको थियो । राष्ट्रपति कार्लोस अल्भाराडोले कानूनमा भएको परिवर्तनले समलिंगीले पहिले नै पाउनुपर्ने अधिकार भर्खरै सुनिश्चित भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


 

वैवाहिक समानता कायम गर्ने कोस्टारिकामा पहिलो मध्य अमेरिकी देश हो । सन् २०१८ मा कोस्टारिकाको संवैधानिक अदालतले समलिंगी विवाहमा प्रतिबन्ध लगाउनु संविधान विपरित हुने फैसला गरेको थियो । त्यसपछि सरकारले नयाँ कानून निर्माण गरेको हो ।