धनगडी — कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको सेती अस्पतालको आइसोलेसन कक्षमा  बुधबार बिहान ६ बजे मृत्यु भएको छ । उनलाई हिजो मंगलबार गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो ।


ADVERTISEMENT


सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सीमा नाकामा बेहोस अवस्थामा उद्धार गरिएका उनलाई सेती अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । ती व्यक्ति भारतको महाराष्ट्रबाट गौरीफन्टा नाकासम्म बसमा चढेर आएको बताइएको छ ।


ADVERTISEMENT

# # #


बसबाट उत्रिँदै गर्दा सिमानामा बेहोस भएर ढलेपछि सीमामा रहेको नेपाली एम्बुलेन्समा राखेर अस्पताल पुऱ्याइएको थियो ।