काठमाडौँ — प्रदेश २ मा बिहीबार ७४ जना संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्ठ्‍य प्रयोगशाला र धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए ।


ADVERTISEMENT


उनका अनुसार धुनुषामा २९, मतहोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बीपीमा गरेको परीक्षणमा १३ जनामा संक्रमण देखिएको बताए ।


ADVERTISEMENT

# # #