काठमाडौँ — सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने बताए । २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने गरिने भएको छ ।

खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको छ । यस्तै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।

उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।

प्रतिकृया

प्रतिकृया