काठमाडौं – सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् । उनका अनुसार पूर्व–पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको हो ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षमा सरकारले रेल विभागका लागि सात अर्ब ७० करोड बजेट विनियोजन गरेको थियो ।