काठमाडौँ – ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।


ADVERTISEMENT


अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। उनले भने, “मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।”


ADVERTISEMENT

# # #


जनस्वास्थ्य कार्यालयले बुङ्मतीमा गएर आवश्यक व्यक्तिको कोरोना परीक्षण गर्ने भुसालले जानकारी दिए ।