काठमाडौँ– हालै मात्र दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पांग्रा चुनाव चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको छ ।


ADVERTISEMENT


पार्टीको आधिकारीक चुनाव चिन्ह प्राप्त गर्न केही समय लाग्ने भएकाले तेश्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको पांग्रा चिन्ह संयुक्त रुपमा प्रयोग गर्ने सहमति भएको राप्रपा प्रजातान्त्रिकले जनाएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराले आज विज्ञप्ति जारी गर्दै आगामी असोज २ गते हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलसंग चुनावी तालमेल गर्ने सहमति भएको जनाएका छन्।


ADVERTISEMENT

# # #


पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, र सप्तरीमा राप्रपा प्रजातान्त्रिकका सबै उम्मेद्वारले पांग्रा चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महोत्तरी सिराहामा भने राप्रपा प्रजातान्त्रिकले स्वतन्त्र उम्मेद्वारी दिने भएको जनाएको छ ।