काठमाडौँ–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय मामिलामा सरकार र पत्रकारको दृष्टिकोण एकै हुनुपर्ने बताएका छन्।


ADVERTISEMENT


नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भने – “परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्छ ।”


ADVERTISEMENT

# # #


सो अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासंघले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग मेल खानु पर्ने बताएका छन् ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासंघ सधैँ उभिने वचनबद्धता प्रकट गरे । उनले महासंघ लोकतन्त्रको हितमा निरन्तर लाग्ने पनि बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ठूलो÷सानो तथा सम्पन्न÷विपन्न जस्तोसुकै मुलुक भए पनि मुलुकको विदेशी नीतिबारे एकै प्रकारको विचार प्रवाह हुनुपर्नेमा जोड दिए ।