काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तयार गरेर सीमा समस्या सुल्झाउने प्रयास भईरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेसंगै परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताबाटै समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री ज्ञवालीले भने, ‘अहिले औपचारिक वार्ताको ठोस मिति र मोडालिटी तय भइसकेको छैन । हामी निरन्तर टचमा छौं ।’


ADVERTISEMENT

# # #


उनले अघि भनेका छन्, ‘हामीले वार्ताको औपचारिक डेट (मिति) को प्रतीक्षा गरिरहेका छौं ।’
श्रोतका अनुसार नेपाल भारतको दुबै पक्ष बीच छलफलबाटै सीमा समस्यालाई स्थायी रुपमा समाधान गर्ने गरी काम अघि बढेको छ ।