काठमाडौँ–बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनीहरुले चन्द्रगिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समय देखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।