काठमाडौँ — नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सोमबार टेलिफोनमार्फत संवाद गर्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई प्रधानमन्त्रीहरुले अहिलेसम्मको द्विपक्षीय सम्बन्धलाई लिएर सन्तुष्टि व्यक्त गर्दै त्यसले दुई मुलुक बीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताएका हुन् ।


ADVERTISEMENT


उनीहरुले कुराकानीका दौरान दुई पक्षीय सहकार्यलाई थप बलियो बनाउन उचित समयमा उच्चस्तरीय भ्रमण गर्ने कुरा गरेका हुन् । दुई प्रधानमन्त्रीले इजरायलले प्राविधिक क्षेत्रमा गरेको उच्च विकासको विषयमा कुरा गरेका थिए । प्रधानमन्त्री ओलीले सोही अवसरमा इजरायली प्रधानमन्त्री नेतनयाहुलाई नेपालको कृषि र स्वास्थ्य क्षेत्रलाई स्थानान्तरण गर्न इजरायलका प्रविधिलाई प्राथमिकताका आवश्यकता रहेको बारे जोड दिएका थिए ।


ADVERTISEMENT

# # #