काठमाडौँ — जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले कमलादीस्थित एक होटलमा छापा मारेर ९ जना व्यापारीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेके हो ।वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्‍वाइन पनि बरामद गरिएको दाहालले बताए ।

जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।