काठमाडौँ – नेपालमा एकैदिन थप २८८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २७० पुरुष र १८ महिला गरी २८८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ११८ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये धनुष हंशपुर र धनौजीका १५ देखि ५० वर्ष उमेरका ६ जना पुरुष रहेका छन् । यस्तै महोत्तरी रामगोपालपुरका २४ र ४५ वर्षीय २ जना पुरुष रहेका छन् भने रौतहटको दूर्गा भगवती, परोहा, गढीमाई क्वारेन्टाइनमा रहेका १२ देखि ४८ वर्ष उमेरका ३६ जना पुरुष रहेका छन् । यस्तै सप्तरीको बलरा ब्राम्पुरी क्वारेन्टाइनमा रहेका १३ देखि ४० वर्षीय २१ जना पुरुषमा पनि कोरोना देखिएको छ भने सिरहाको श्री सूर्य नारायण सत्यनारायण क्वारेन्टइनमा रहेका १६ देखि ४२ वर्ष उमेरका १७ जना पुरुष रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मी रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै भक्तपुर चाँघुनारायणकी ३० वर्षीय १ जना महिला, धादिङ घर भएकी २३ वर्षीय १ महिला (उनको परोपकार प्रशूती अस्पतालमा उपचार भइरहेको छ), कपिलवस्तु चन्द्रौटाका १९ देखि २८ वर्ष उमेरका ३ महिला र १७ देखि ४१ वर्ष उमेरका १३ जना पुरुष गरी १६ जनामा पोजेटिभ देखिएको छ । यस्तै काठमाडौँ मेडिकल कलेजका ४ जनामा पनि कोरोना देखिएको छ । उनीहरुमध्ये २४ देखि ३२ वर्ष उमेरका ३ जना महिला र २८ वर्ष उमेरका १ जना पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षीय १ जना पुरुष, नवलपरासी पश्चिम रामग्रामका २२ वर्षीय १ जना पुरुष, नुवाकोट मेगाङ्गका १७ र ३२ वर्षीय २ जना पुरुष, रुपन्देही सैनामैनाका १५ देखि ५१ वर्षका १५ जना पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनाको कारोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै रौतहटको परोहा, गौर, यमुनामाई र राजदेवी नगरपालिकाका ८ वर्षीय १ बालिकासहित १३ देखि ६० वर्ष उमेरका पुरुषहरु रहेका छन् । यस्तै पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये स्याङ्गजा चापाकोटको क्वारेन्टाइनमा रहेका १० दुखि ४० वर्ष उमेरका ५ जना पुरुष रहेका छन् । यस्तै पर्वतको फलेवास क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षसम्मका ५ जना पुरुष रहेका छन् ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको नमूना पोजेटिभ आएको छ । उनीहरुमध्ये बर्दियाको गुलरियाका २० देखि ३४ वर्ष उमेरका ३ जना पुरुष, बाँकको खजुरा नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका १७ देखि ४५ वर्ष उमेरका १७ जना पुरुष जना रहेका छन् । यस्तै सुनसरीको धारनस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका २० वर्षीय पुरुष रहेका छन् ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । त्यसमध्ये विरेन्द्रनगर, लेकवेशी, पञ्चपुरी र भेरिगंगा नगरपालिकाका ८ वर्षीया बालिकादेखि ६० वर्ष उमेरका ३ महिला र ४ वर्षीय बालकदेखि ६१ वर्ष उमेरका २४ जना पुरुष गरी २७ जना रहेका छन् । यस्तै यस्तै देलेखको चामुण्डा विन्दासैनी र नौमुले गाउँपालिकाका १७ देखि ३१ वर्ष उमेरका ९ जना पुरुष रहेका छन् ।

यस्तै सल्यानको वनगाढ कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाका १७ वर्ष ५० वर्ष उमेरका १८ ना पुरुष रहेका छन् भने अछाम चौरपार्टी र मंगलसैनका २७ र ३० वर्षीय २ जना महिला तथा २२ देखि ४० वर्षसम्मका ८ जना पुरुष गरी १० जना रहेका छन् ।

यस्तै मकवानपुरको हेटौडास्थित कीटजन्य अनुसन्धान तथा तालीम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनाको पोजेटिभ आएको छ । उनी बारा देवतालका १८ वर्षीय पुरुष रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका ११ देखि ४५ वर्षका ३ जना महिला र १८ देखि ५५ वर्षका १४ जना पुरुष गरी १७ जनामा पोजेटिभ देखिएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये पुनर्वास नगरपालिक क्वारेन्टाइनमा रहेका २८ देखि ५० वर्ष उमेरका ८ जना पुरुष रहेका छन् । यस्तै कैलालीको टीकापुर, गौरीगंगा नगरपालिका क्वारेन्टाइनमा रहेका १८ वर्षीय १ जना महिला र २० देखि ६३ वर्ष उमेरका ९ जना पुरुष गरी १० जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै प्यूठानको स्वर्गद्वारी नगरपालिका ५९ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्याा २ हजार नाघेको छ । अद्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये ८ जनाको मृत्यु भएको छ भने २६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।