एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई लिएर फ्रान्सका वैज्ञानिकले नयाँ खुलासा गरेका छन् ।


ADVERTISEMENT


फ्रान्सका वैज्ञानिकको एक टिमले कोरोना भाइरस चीनको उहान भन्दा पहिले युरोपमा देखिएको दाबी गरेको छ । उक्त वैज्ञानिकको समूहका अनुसार युरोपमा १६ नोभेम्बर २०१९ मा नै कोरोना भाइरसका संक्रमित फेला परेको थियो । जबकी चीनमा कोरोना भाइरस २०१९ को डिसेम्बरको अन्तिम सातामा पहिलो पटक देखिएको थियो ।


ADVERTISEMENT

# # #


फ्रान्सका वैज्ञानिकको दाबी अनुसार उत्तरपूर्वी फ्रान्सको एक अस्पतालले नोभेम्बर देखि डिसेम्बरको बीचमा अस्पतालमा फ्लूको समस्या लिएर आएका २५ सय भन्दा बढी मानिसको एक्सरेको अध्ययन गरेको छ । जसमा चकित पार्ने खुलासा भयो कि नोभेम्बरका दुई ‘केस’मा कोरोना भएको रहेछ ।

त्यसबेला डाक्टरहरुमा कोरोनाबारे कुनै जानकारी वा अध्ययन थिएन । उत्तर–पूर्वी फ्रान्सको कोल्मारस्थित अल्वर्ट स्वीट्जर अस्पतालका डाक्टर माइकल स्मिट र उनको टिमले दाबी गरेको छ कि आजसम्म युरोपका जुन देशमा कोरोना भाइरस नभेटिएको भनिएको छ, त्यो दाबी गलत हुन सक्छ ।

फ्रान्सका डाक्टरको टिमको दाबी छ कि कोरोना भाइरस सबैभन्दा पहिले चीनमा नआएको हुनसक्छ । किनकी यसले युरोपमा नोभेम्बरमै आफ्नो चिनो छाडिसकेको थियो । फ्रान्समा कोरोना भाइरसका संक्रमित करिब १ लाख ९० हजार रहेका छन् । जसमध्ये करिब २९ हजारको मृत्यु भइसकेको छ ।

विश्वभरको तथ्याङ्क अनुसार कोरोना संक्रमित देशको सूचिमा फ्रान्स आठौ नम्बरमा रहेको छ ।