काठमाडौँ – नेपालमा थप ३३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३१९ जना पुरुष र १५ जना महिला गरी थप ३३४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ९३ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये बारा महागढीमाई नगरपालिका, विश्रामपुर र सुवर्ण गाउँपालिकाका १९ देखि ३२ वर्षसम्मका ५ जना पुरुष रहेका छन् । यस्तै धनुषा जनकपुरका ३० वर्षीय एक महिला र ३३ देखि ३७ वर्षका ५ पुरुष गरी ६ जना, सर्लाहीका ३ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कपिलवस्तुको ओरली मावि र जनचेतना मावि यशोधराको क्वारेन्टाइनमा रहेका २६ वर्षीय १ जना महिला र २१ देखि ४८ वर्ष उमेरका ११ पुरुष गरी १२ जना रहेका छन् । यस्तै महोत्तरीको भंगाहा नगरपालिकाका १९ देखि ३६ वर्ष उमेरका ३ जना पुरुष रहेका छन् । यस्तै रौतहटको इशनाथ, गुजरा, गढीमाई र दूर्गाभगवतीका ६ महिने बालिकासहित ३ जना महिला र ८ वर्षीय बालकसहित ४५ वर्ष उमेरका ६१ जना पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ सुन्दर हरिचाका २४ वर्षीय पुरुष रहेका छन् । यस्तै सुर्खेत र जुम्लामा गरिएको परीक्षण ११४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनाको पोजेटिभ आएको छ । उनीहरु बाँकेको नेपालगञ्ज उपमहानगरपाालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्षसम्मका सबकै पुरुष हुन् । यस्तै काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै कपिलवस्तु कृष्णनगरका १७ देखि ५२ वर्षका पुरुष हुन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये झापाको भद्रपुर क्वारेन्टिनमा रहेका २६ देखि ५६ वर्षका ३ जना पुरुष, ताप्लेजुङ घर भइ हाल सुनसरीको भोक्राहा क्वारेन्टिनमा रहेका २५ वर्षीय एक जना पुरुष, मोरङ घर भई भोक्राहाकै क्वारेन्टिनमा रहेका ३० वर्षीय पुरुष, सप्तरी राजविराज, हनुमानगर कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ क्वारेन्टिमा रहेका १७ देखि ४८ वर्ष उमेरका १३ जना पुरुष रहेका छन् । यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा पोखरियाकी १५ वर्षीय एक किशोरीको पनि पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङको घेराही उपमहानगरपालिका, र बबई, राजपुर र बंगलाचुली गाउँपालिका २३ वर्षीय १ महिलासहित १६ देखि ३६ वर्षसम्मका अन्य पुरुष रहेका छन् ।

प्रादेशिक प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये ७ जना बाराको आदर्शकटुवालका ३० वर्षीया महिला एक जना र १२ वर्षीय बालक देखि ३० वर्षका ६ जना पुरुष गरी ७ जना रहेका छन् भने सिन्धुली कमलामाईका २३ वर्षीय पुरुष, रौतहट गुजराका १८ वर्षीय एक जना पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यस्तै पोखराको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये म्याग्दी मंगला गाउँपालिकाका १९ वर्षीय १ जना पुरुष, बाग्लुङको गल्कोट गाउँपालिका, निसीखोला र बडिगाड गाउँपालिकाका ३३ वर्षीय एक महिलासहित १६ देखि ३३ वर्ष उमेरका पुरुष गरी १० जना रहेका छन् । यस्तै पर्वतको बिहादी गाउँपालिका र फलेवास नगरपालिकाका २१ देखि २८ वर्षसम्मका ४ जना पुरुष रहेका छन् भने स्याङ्गजा कालीगण्डकीका १८ वर्षीय परुष रहेका छन् ।

यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ३ जनाको पोजेटिभ आएको छ । उनीहरु दिपायल सिलगढी र पूर्वीचौकीका ४५ वर्षीया एक जना महिला र २२ र २७ वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु झापाको कचनाकवलका १७ र २५ वर्षका २ जना पुरुष र खोटाङको हलेसीका २१ देखि ४५ वर्ष उमेरका ३ जना पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । पुरुष २४५० र महिला १८४ जना रहेका छन् । कुल संक्रमितमध्ये २९० उपचारपछि निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्रै पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।