काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाउँपालिकाको-२ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT


भारतबाट ५ दिनअघि नेपाल आएका उनको  मंगलबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार स्थानीय क्वारेन्टिनमा रहेका ती पुरुष सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि पाल्पाको युनाइटेड मिसन अस्पतालमा भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


उनको स्वाब परीक्षण पोजेटिभ आएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । जसमध्ये ६५ जिल्लाका पुरुष २४५० र महिला १८४ जना रहेका छन् । आजै थप ३३४ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितमध्ये २९० उपचारपछि निको भएर घर फर्किएका छन् ।