बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले लकडाउन खुकुलो बनाएको छ । उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन पटक–पटक ध्यानाकर्षण गराएपछि अत्यावश्यक सामग्रीका लागि साताभर पसल खोल्न पाउने व्यवस्था गरिएको हो ।


ADVERTISEMENT


 

यसअघि सातामा ३ दिन बजार खोल्न अनुमति दिइएको थियो । उपमहानगरको निर्णय अनुसार उपभोक्ताको प्रत्यक्ष सम्पर्क नहुने अत्यावश्यक सामग्रीको थोक बिक्रीका लागि प्रत्येक दिन १० देखि ३ बजेसम्म पसल खोल्न पाइने भएको छ । सामाजिक दूरी कायम गरेर सुरक्षित हुँदै पसल सञ्चालन गर्न उपमहानगरले भनेको छ ।


ADVERTISEMENT

# # #


 

डेरीहरू बिहान र साँझ ३ घण्टा खुल्न पाउने छन् । कृषि औजार, मेसिनरी तथा निर्माण सामग्रीका पसलका लागि बिहान ९ देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरू सार्वजनिक बिदाका दिनबाहेक पूर्ववत् सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

 

स्थानीय कृषि उत्पादकले हरेक दिन बिहान तीन घण्टा घरघरमा डुलाएर आफ्ना उत्पादन बेच्न पाउने छन् । उपमहानगरले तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनी दिएको छ