काठमाडौं –  विश्व वातावरण दिवस आज नेपालमा पनि मनाइँदैछ । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् ।


ADVERTISEMENT


 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी वातावरण दिवस मनाइँदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा सुरक्षित जीवनका लागि जैविक विविधता रहेको छ ।


ADVERTISEMENT

# # #


 

दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महत्वपूर्ण योगदान पुर्‍याउने समेत उल्लेख गरेका छन् ।

 

पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्टसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।