पथरी, मोरङ– सरकारले वर्षात्को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन ।


ADVERTISEMENT


चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्याएको छ । मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ । त्यही समयमा उक्त क्षेत्रमा प्रहरीले निगरानी पनि गरिरहेको छ ।


ADVERTISEMENT

# # #


असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन । तर तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ । जेसिभी २५ हजार, ट्रिफर २० हजार र ट्र्याक्टरलाई रु १० हजार जारिवाना तोके पनि अहिलेसम्म कति गाडीलाई जरिवाना गरेको हो भन्ने तथ्यांक कोहीसँग छैन ।

जिल्ला समन्वय समिति मोरङले गरेको सार्वजनिक सूचनाअनुसार बाटो, पाटीपौवा मठमन्दिर, पैनीबाहेक खोलाबाट ढुंगा बालुवा निकासी पैठारी गर्न पाइँदैन । खोला क्षेत्रको संरक्षणका लागि विभिन्न पहल भइरहेको जिल्ला वन कार्यालका प्रमुख विनोद देवकोटाले बताए ।

खोलामा भएको दुई नम्बरी धन्दा नरोकिएको देख्दा हैरानी हुन थालेको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीय प्रशासनले चासो दिएमात्रै निकासी रोक्न सकिने केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीको भनाइ छ ।

केराबारीका खोलामा साँझ पर्नासाथ सयौँ गाडी खोलाभित्र हुने गर्छन् । रासस