युगाण्डा –  युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।”

उनी कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहनुभएको थियो । उहाँ मातहत नै यससम्वन्धी समिति रहेको थियो ।

स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उहाँहरुको फेरि केही दिनमा दोहो¥याएर परीक्षण गरिने जानकारी दिए ।

“मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,” उनले भने ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । – एएफपी