एजेन्सी  – विश्व स्वास्थ्य संगठन डुब्लुएचओले कोरोना भाइरस सर्नबाट रोक्न सार्वजनिक स्थानमा सबैले मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने नयाँ सूचना जारी गरेको छ ।


ADVERTISEMENT


संक्रमित ब्यक्तिको शरिरबाट थुकका छिटा बाहिर सर्न रोक्न मास्क उपयोगी हुने डुब्लुएचओले उल्लेख गरेको छ ।विश्वका अधिकांश मुलुकले सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिसकेका छन् भने डुब्लुएचओले पनि अनिवार्य गर्न सुझाव दिएको छ । यसअघि डुब्लुएचओले स्वस्थ ब्यक्तिले मास्क लगाउनु नपर्ने बताउँदै आएको थियो । मेडिकल मास्ककै प्रयोग गर्नु नपर्ने डुब्लुएचओले स्पष्ट पारेको छ ।


ADVERTISEMENT

# # #


कपडाका मास्कले अनुहार छोप्न सके सुरक्षित हुन सकिने डुब्लुएचओलकी प्राविधिक शाखाका विज्ञ मारिया भान केरकोभले बताउनुभएको छ । मेडिकल मास्क विरामी र उनका स्याहारमा खटिएकाले प्रयोग गर्न सुझाव दिएको छ ।

यसैबीच, विश्वभर ६७ लाख २४ हजार ५ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ लाख ९४ हजार १८ जनाको भाइरसका कारण मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको अध्ययले देखाएको छ ।