काठमाडौं – कोरोना संक्रमणमा भारत सबैभन्दा बढी प्रभावित विश्वको पाँचौ देश भएको छ । भारतमा संक्रमणको संख्या इटाली र स्पेनभन्दा बढी भएको हो । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार संक्रमितको संख्या २ लाख ३७ हजार बढी पुगिसकेको छ । मृतकको संख्या ६ हजार ९ सय ४६ सय पुगेको छ ।


ADVERTISEMENT


 

भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको छ । एकैदिन भारतमा दुई सय ९७ जनाले ज्यान गुमाएका छन । त्यस्तै १ लाख १४ हजार बढी संक्रमित ठिक भएर घर फर्केका छन् ।


ADVERTISEMENT

# # #


 

हाल १ लाख १५ हजार बढी संक्रमितहरु उपचाररत छन् । भारतमा हरेक दिन संक्रमण तीव्रता बढिरहेको छ । शुक्रबार मात्र इटालीभन्दा बढी संक्रमित संख्या पुगेको थियो । आज भारतले स्पेनलाई समेत उछिनेको हो । मृत्युदर भने भारतमा कम रहेको छ ।