एजेन्सी – अमेरिकाको राजधानी वासिङ्गटनमा रंगभेद र प्रहरी ज्यादतिको विरोधमा हजारौ मानिसले प्रदर्शन गरेका छन् । मिनेशोटाको मिनियापोलसमा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा अमेरिकाका लगातार १२ औं दिन प्रदर्शन भएको हो ।


ADVERTISEMENT


 

वासिङ्गटनको लिंकन मेमोरियल र लाफयेत्ती पार्कमा ठुलो संख्यामा मानिसहरु भेला भएका हुन् । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउस तर्फ जान दिएन । मृत्युको विरोधमा शुरु भएको प्रदर्शन विस्तारै रंगभेद र प्रहरी बरबर्ता विरोधी आन्दोलनको रुपमा परिणत भएको छ ।


ADVERTISEMENT

# # #


 

फ्लोइडको मे २५ तारिखमा हिरासतमा मृत्यु भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए । सो घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ ।

 

यसैबीच फ्लोइडको जन्मभएको नर्थ क्यारोलाइनामा मानिसहरु भेला भएर स्मृतिसभा गरेका छन् । बेलायतमा पनि हजारौँ मानिस सहभागी भएर प्रदर्शन रंगभेद विरुद्ध प्रदर्शन गरेका छन् ।

 

सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भएकाले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु त्यसलाई तोडेर प्रदर्शनमा उत्रिएका हुन् । अस्ट्रेलियाको पनि सिड्नी, मेलबर्न र ब्रिसबेनसहितका शहरमा प्रदर्शन भएको छ ।