काठमाडौँ – अन्य देशको तुलनामा नेपालमा कोरोना भाइरस (कोभिड–१९)को विशेषता फरक रहेको पाइएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा मन्त्री ढकालले यस्तो खुलासा गरेका हुन् । मन्त्री ढकालका अनुसार अन्य देशमा कोरोनाबाट ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरु धेरै आक्रान्त बनेपनि नेपालमा त्यस्तो नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘अरु देशको भन्दा हाम्रो देशमा यसको फरक खालको विशेषता रहेको व्यहोरो म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’ उनले भने, ‘अरु देशमा उमेर समूहको हिसाबले जति उमेर समूह माथि माथि गयो त्यती रोगले आक्रान्त बनेको तथ्य आँकडा हामीले देख्छौँ । ०-१० वर्षसम्म, १०-२० वर्षसम्म गर्दै करिब ६० वर्ष माथि गए मात्रै धरै व्यक्तिहरु संक्रमित भएको अवस्था छ ।’

तर, नेपालको सन्दर्भमा २१ देखि ३० वर्षसम्मको उमेर समूहका व्यक्तिहरु सबैभन्दा धेरै संक्रमित भएको उनले जानकारी दिए । यस्तै ११ देखि २० वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमण दरको दोस्रो स्थानमा रहेका छन् भने ३१ वर्षदेखि ४० वर्षसम्मको उमेर समूह तेस्रो स्थानमा रहेका छन् ।

मुलतः रोजगारीका निम्ति विदेश गएका वा अन्य अवसरका लागि गएर फर्किएकाहरुबाटै संक्रमण फैलिएको कुरा यसले प्रमाणित गरेको मन्त्री ढकालले बताए ।