बुटवल — रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतकको सनाखत गरिएको छ ।


ADVERTISEMENT

# # #


हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।